आकांक्षा हो यो सबैको
कि सपनाको संसारमा हाम्रो सजिसजाउ घर होस्,
त्यति नभए विपनाकै घरमा सही सानो संसार अटोस् ।
त्यो पनि नभए
माथिकै मर्जीमा हामी
माथा टेकाउन मञ्जुर
अलाप्न तयार छौ
जिन्दगीका बेसुरमा सुर
तर धिपधिपे जीवनको दियो
निभ्नु भएन अकालमा
एक मुठ्ठी सास नुनको यो ढिको
बिलाउनु भएन आकस्मिक छालमा ।
मानस मन काँप्दै
कारुणिक बिन्ती गर्दैछ -
सब स्वार्थलाई प्राण रक्षार्थ
त्याग्छु म भन्दैछ ।
तर उन्नाइसमा सिर्जिएको कोरोना विषाणु
बिसबाट उन्नाइस हुने छाँट देखिएको छैन ।
© @iYuniQ 30-03-2020
No comments:
Post a Comment