जीवनको अन्तिम सत्यले
कसैको जीवत्व हरिलिँदा
मेरो देहका हरेक रौंहरू
जागा बनी जऱ्याकजुरूक्क उठ्छन् ,
हर मांसपेशीमा त्राहि त्राहिको कम्प छुट्छ ।
अनिश्चयको पथ हिँड्न रूचाउने यो कालले
निश्चय नै एकदिन
हाम फाल्दै झम्टिन आउनेछ,
अरूलाई जस्तै मलाई पनि ।
त्यो क्षण कल्पिन्छ जसै दिमागले,
तत्क्षणै मुटुभित्र भागदौड मच्चिन्छ ।
मन निशामय शुण्यतामा
विवश बनी निशब्द टोलाई बस्छ ।
अहो!
कालले त जस्तोसुकै विरासतको इमारत पनि
ढलाइदिन सक्दो रहेछ;
निमेशभरमै गर्ल्यामगुर्लुम्म ।
मै हुँ भनी मुठ्ठी बजार्ने विशेषहरू पनि
मसानघाटमा दुई करङ मात्र शेष बनी
निर्जीव बज्रिँदा रहेछन् ।
ढल्नु नै त रहेछ हाम्रो नियति,
जतिञ्जेल चल्छ चल्यो,
भाखा नाघेपछि ढल्यो, जल्यो र सिद्धियो ।
तर अहँ!
म ढल्न चाहन्न त्यसरी ।
किनकि ढलिसकेपछि
फेरि कहिल्यै यहाँ उभिन पाइने छैन ।
ढलेको अस्तित्व धुलिमाटी बनेपछि
धुलोजस्तै कुल्चिइनु पर्नेछ,
निर्मम इतिहासका कठोर पैतालाद्वारा ।
अहँ, किमार्थ स्वीकार्य छैन यो मलाई ।
मलाई त चोमोलोङ्मा शिखरजस्तै
अविचलित भई अडिइरहन मन छ ।
कूनलून शान पर्वतजस्तै
छाती तन्काएर स्वाभिमान चौडा पार्न मन छ ।
त्यसो भए के गरूँ म ?
अन्तर्मनमा गहन खोज चलिरहँदा
आत्मतत्वबाट ईशारा मिल्छ-
ढल्नुको विकल्प बल्नु हो;
मैनबत्तीजस्तै बल्नु ।
अँध्यारो चिर्न दृढ उभिई बलिरहेकै बखतमा
गौरवपूर्ण प्राणोत्सर्ग हुन्छ मैनबत्तीको ।
हो मैले निर्णय गरिसके।
म त अब मैनबत्ती बनी बल्नेछु।
प्रिय साथी!
तिमी पनि मैनबत्ती बनी बल जाऊ,
दिग्दिगन्त उज्यालो स्वर्णकिरण फैलाऊ ।
अँ अनि सुन!
निभ्नुअघि थुप्रै नयाँ मैनबत्तीहरू सल्काऊ ;
ताकि तिम्रो अनुपस्थितिमा पनि
तिमीद्वारा प्रज्वलित
तेजोमय अस्तित्वधारा युगयुग बाँचोस् ।
मुसाको चुइँचुइँ
ණथोरै विचार,कल्पना र भावनाණ
Monday, July 18, 2022
Wednesday, May 27, 2020
टाढाको तारा
आफ्नो महङ्गो मलमलमा सजिएर
मेरो सस्तो कम्बलमा आई बसेको
तिम्रो सचेत प्रतिच्छायाले
मेरो अर्धचेत कायाबाट एक्लिन खोज्दै
बिदाइको हात हल्लाएपछि
हाम्रो अपुरो प्रेमगीतको अधुरो संगीतले
मेरो कानमा बिहानको अलार्म बजाउँछ।
अनि सिरानीको शीत ओभाउन नपाउँदै
खुल्छ मेरो अविजित निद्रा।
आँखा उघारी हेर्दा
भित्तामा झुण्डिएको तिम्रो तस्बिर
मस्तिष्कको पर्दाअगाडि मुस्कुराउँदै नाँच्न खोज्छ!
तथापि मेरो मनले भने
पर्दापछाडि छोपिएको तिम्रो उही बाचालाई याद गर्छ:
त्यहाँ मेरो हात सुस्तरी सुम्सुम्याउँदै तिमी भन्छ्यौ-
"सपनामा हामी छुट्टिउला, तर त्यसको कुनै डर छैन।
विपनामा तिमीबाट टाढिउला, मलाई त्यस्तो कुनै रहर छैन।"
आजभोलि तिम्रो त्यो टुहुरो बाचालाई
साँचो हो भन्ने बनाइराख्न
एकोहोरो भइसकेको हाम्रो प्रेमलाई
दोहोरो छ भन्दै बचाइराख्न
म निदाउछु र बिपना भेट्छु,
अनि बिउँझन्छु र सपना देख्छु।
तिमीले नयाँ समयसँगै बाँच्न
पुरानो सम्बन्धको परिभाषा फेर्यौ
र अगाडि सर्कियौ।
नि:सन्देह मैले पुरानो सम्बन्ध बचाउन
नयाँ समयको परिभाषा फेरे
र पछाडि फर्किएँ।
मलाई हिजैजस्तो लाग्छ-
मेरो सानो घाउमा तिमीले ठूलो पट्टी बाँधिदिएको
र सँगसँगै तिमीले
आफ्नो दिलको कुनाबाट तुना फुकाएको:
त्यतिखेर तिम्रो आँखीभौँ र ओठले एकैसाथ बोलेका थिए-
तिमी नहुँदा म पानीबिनाको माछाजस्तै हुनेछु भनेर।
आजभोलि म सुन्दैछु-
तिमी कसैको अक्वेरियमभित्र
बुलेबुले पानीमा रमाउँदै चुलबुल गर्दैछ्यौ।
म त यहाँ माछाबिनाको पानी भएको छु,
साहेद कुनै रछानमा पोखिएको छु।
जिउँदो छु तर सङ्लो कदापि छैन।
तिमी मान्ने गर्थ्यौ -
आफूलाई पृथ्वी र मलाई सूर्य,
र भन्ने गर्थ्यौ -
म तिम्रै वरिपरि घुमिरहूँला जुगौंजुग।
परिस्थितिको निर्मम प्रहारले
तिमीलाई मबाट उछिट्याएर
नयाँ सूर्यको गुरूत्वक्षेत्रमा पुर्यायो,
तिमी घुम्न शुरू गर्यौँ उसकै वरिपरि।
अहिले घरिघरि मलाई लाग्छ,
तिम्रो लागि त म अब
टाढाको एउटा तारा भैसके।
तिमीलाई थाहा छैन र थाहा नहोस् पनि,
कि म त्यही तारा हुँ-
जो तिम्रो सूर्य अस्ताउने बित्तिकै
आफ्नो नाभिमा आगो सल्काएर
दूरदिगन्तको नभबाट
तिम्रो अँध्यारो चिरिरहेको छ।
हो म त्यही तारा हुँ-
जो सारा संसार निदाएको
औंसीको रातमा पनि
तिम्रो कौसीमाथि ज्योति खन्याइरहेको छ।

Thursday, May 21, 2020
उहिलेको प्रेम vs अहिलेको लभ
नमस्कार डाक्टरसाब!
मैले आफ्नो समस्या डाक्टरसाबलाई
सिधासाफ सुनाउँदा नबुझ्नुहोला,
साहेद मसँग रिसाउनु होला ।
त्यसैले अलि बेसी समय म तपाइको माग्छु,
आफ्नो समस्या अब म स-प्रसङ्ग राख्छु ।
डाक्टरसाब !
प्रेम र युद्धमा सबै कुरा जायज हुन्छ,
प्रेम र युद्धको खेल पनि उस्तै-उस्तै हुन्छ ।
किनकि दुवै खेल खेल्दा मुटु चाहिन्छ,
दुवै खेलका लागि हिम्मत चाहिन्छ ।
डाक्टरसाब !
उहिलेको कुरा -
गाउँमा कोही धनजन र शानमान
सबै थोक भएका मान्छे हुन्थे,
कसैको भने एउटा छानो र
त्यही छानोमुनिको जहानबाहेक अरू केही हुन्नथ्यो ।
कसैको बोली बिक्थ्यो, रगत र पानी सबै चल्थ्यो,
तर कसैको केही बिक्दैनथ्यो, श्रम र जवानी मात्र चल्थ्यो ।
तिनै अमिल्दो वर्गभित्र
कुनै दुई पात्रको पवित्र
हो - साँच्चै पवित्र मनमुटु आपसमा मिल्दा,
तर रीतिथितिको उल्झनमा
तिनको निश्चल प्रेम नमीठो गरी बल्झिदा
हिम्मतवाला झिल्केले आफ्नी कान्छीलाई
लाल्टिनको प्रकाशमा
नयाँ जीवन र खुला आकाशको रोशनीतर्फ डोर्याउथ्यो,
रातारात भिरको बाटो काटेर
आफैले लेखेको नयाँ तकदीरमा तिनले बसाइँ सर्थे ।
डाक्टरसाब !
अहिलेको कुरा-
शहरमा अचेल पनि हरेक रात
कुनै न कुनै हिम्मतवाला झिल्केले
नयाँ डेरा सरिरहेको हुन्छ ।
तर ऊ आफ्नी 'लभर' कान्छीलाई
साथ लिई बसाइँ सर्दैन कहिल्यै,
ऊ त हरेक चोटी नयाँ-नयाँ साइँलीसित
नयाँ-नयाँ डेरा सुटुक्क सरिरहेको हुन्छ ।
जुगजमानाले रङ फेर्यो, डाक्टरसाब!
जुगजमाना बदलियो ।
किनकि शहरको गडफादर 'खुला बजार'ले हामीलाई
'उपभोक्ता'को रूपमा ब्याप्टाइज गराइसक्यो ।
नवउपभोक्ता बनेका हामीहरूले
चोक-चोकको किराना पसलमा
सबैले देख्ने गरी राखिएका ईकोन र सिमकार्डसित
आफ्नो इज्जत धेरैपल्ट साटिसक्यौ ।
पृथ्वीको साझा पोप जुकरवर्गले पनि
आफ्नो 'अप्डेटेड टेस्टामेन्ट' को किताबमा
साथीलाई आवश्यकताअनुसार एड र ब्लक गर्न पाइने
नयाँ कमाण्डमेन्ट टिप्पणीसहित टिपाइसक्यो ।
डाक्टरसाब!
म पनि अब 'लभ' गरूँ कि भनेको ।
समस्या के पर्यो भने -
मेरो ढुकुरे छातीभित्र भँगेरे मुटु त छ तर
तर हिम्मत् चै फिटिक्कै छैन ।
लौन डाक्टरसाब!
मलाई हिम्मत दिने दबाई लेखिदिनुस् ।
त्यो दबाई किन्न कुन रक्सी पसल,
कहाँको डिस्टिलरी जाने
अनि कसको निगरानीमा रहेर
कुन सितनसित कति पेग कसरी खाने
मलाई त्यो पनि स्पष्ट बताइदिनुस् ।

Friday, May 15, 2020
कविता "महाभारत"
भन्थे- प्रेम अन्धो हुन्छ ।
सत्ताप्रतिको प्रेम त झन् सत्ताको प्रथम आलिङ्गनसँगै
जुगजुग जन्मान्ध बन्दो रहेछ ।
मेरो देशको शासक पनि सत्ताको बाहुपासमा पर्दा नपर्दै
कुन्नि कतिखेर जन्मान्ध बनिसकेछ ।
ऊ त सत्तालिप्साको उन्मादमा
स्वयम् राजा धृतराष्ट्र कहलिइसकेछ ।
अहङ्कारी र आडम्वरी पुत्र दूर्योधन द्वारपाल राखी
सत्ताको खोपीभित्र मज्जाले निदाएको छ अहिले ऊ ।
लोकको अलाप, आहत र क्रन्दन सुनोस् कसरी ?
सत्ताको खोपीभित्र मस्तीले निदाएको छ अहिले ऊ ।
दुशासनहरू चीरहरणमा रोकिएनन्,
अबलाको जबर्जस्तीकरण र पश्चात् प्राणहरणको
निकृष्ट हदसम्मै पुगिसकेका छन् ।
पाप र पुण्यका सर्वमान्य मालिक भीष्म र द्रोण भने
निष्प्राण सालिकजस्ता भई रमिता हेर्दै उभिएका छन् ।
भारदारहरू जनमनको आशा बोक्दैनन् ;
बरू दुर्मना दुर्जन शकुनीको पासामा बिक्छन् ।
अस्त्रशस्त्र र सेनाको जिम्मा पाएको बलाध्यक्ष कर्ण
माथिको आदेश कुर्दाकुर्दै थाकेर अव घुर्न शुरू गरिसके ।
तर माथिको आदेशवाला
माथि नै पुगेछ कि जस्तो भो यहाँ ।
उसको आदेश कहिल्यै आइपुगेन,
झटफट समयमा तल यहाँ ।
खबर आइरहेको छ बारम्बार-
छिमेकीले छोडेका घोडाहरूले
चारै दिशामा हाम्रो भूमिमाथि बुर्कुसी मारेको कुरा,
घोडाको पछिपछि भित्रिएका घोडावालहरूले
अकारण हाम्रा भूमिपुत्रलाई त्राही त्राही पारेको कुरा ।
तर, अन्धो शासकलाई यो तार
अतिशयोक्ति र बेकार लाग्छ ।
ऊ निद्रामा बर्बराउँछ -
घोडा साँच्चै आएको रहेछ भने,
घाँस साँच्चै खाएको रहेछ भने,
देख्नेजान्ने ले'राउँला
जोखाना हेराउँला
मोल हर्जाना तिराउँला ।
तर अफसोस!
त्यो घोडा घाँस खान छिरेको सामान्य घोडा हुँदै होइन ।
त्यो त छिमेकी शासकले
चक्रवर्ती बन्ने सुरमा
अश्वमेध यज्ञ गरी दूरदूर पुगोस् भनी
छोडेको खास घोडा हो ;
जसको खुरले टेकेको भूमि
बलात् हामीबाट सदाकालका लागि सुदूर हुनेछ,
असत्य र अन्यायले यो ताण्डव नाँचिरहँदा
सत्य र न्यायका योद्धा पाण्डवहरू
निर्जन वनमा कहीँ कतै गुप्तवासमा छन् साहेद ।
अनि धर्मस्थापनार्थाय सम्भवामि युगे युगे भन्ने
कलियुगका कलिला कृष्ण पनि
अझै वृन्दावनमै मुरली बजाउँदै छन् साहेद ।

Sunday, April 26, 2020
झरी
कङ्क्रिट भूमिमा दर्किरहेको छ -
झरी ! बेसरी !
थाहा छैन,
कहाँबाट कस्तो बाफिलो याद बोकी
उडी आयो यो यहाँसम्म यसरी ।
भूसतहबाट अलिअलि अल्काली याद ल्यायो वा
समुद्रको पूरै नुनिलो आँसुमिश्रित याद ,
कुनाकन्दराबाट उठाएको लेसिलो अमिलो याद पो हो कि
ढलमिश्रित नालाको जस्तो दूर्गन्धित घृणित याद !
खैर !
झरीसँगै उद्वेलित यो मेरो मनमा चाहिँ
घरको याद बरोबर आइरहेछ ।
थोपाथोपा खस्ने बाछिटाहरूमा
मथिङ्गलले सम्झनाका पत्रपत्र केलाइरहेछ ।
बचपनका झरीमा घाँसको भारीसँगै
आमाको पद चाप पछ्याउँदा,
अलमल भएथे म खुबै-
मलाई हेरी आमा मुस्कुराउँदा ।
साहेद सोझी आमाले सोचिन् होला-
"यसको यही सुबानको चाला रहिरहे मेरा गाला चाउरिँदा यसले मभित्रका च्यातिएका सपनालाई
एक बाजी मखमली टाला कसो नसिलाइदेला ?"
माफ गर्नु आमा !
आज तिम्रो आशलाग्दो खास छोरो म तिम्रो पास छैन ।
बरू अबेर नै भए पनि
तिमीलाई सम्झिएर ब्यारेकबाट बा घर फर्किएका छन् ।
शैशवमा पैंताला र बैँसमा बुट बजारेका
थकित मेरा बा अहिले बुढ्यौलीमा पनि
उठाइरहेका होलान् हत्केलाभरी ठेलाहरू,
अनि अझै उस्तै होलान् आमा तिम्रा झमेलाहरू ।
कल्पिन्छु -
मक्किएका दलिनमुनि
मेरा बा र आमा, दुई मलिन अनुहार !
कृतघ्न म भने
घरबाट धेरै पर बहुतै विवश लाचार ।
अब त घरको निदाल र
बाआमाको लठ्ठी दुवै बन्नुपर्ने मैले ।
चुहिएको छानो र साँझबिहानको मानो जोहो गर्न
यो बेला घरको ठेकेदार बन्नुपर्ने मैले ।
तथापि जीर्ण जन्मस्थल र रुग्ण जन्मदाता छोडेर
अँध्यारो आत्मा र मैलो देहमाथि उज्यालो वस्त्र ओढेर
म अहिले पसेको छु सिंहदरबार ,
जहाँ देश बनाउने ठेक्का लिएको ठेकेदारले
तेरो घरको मरम्मत पनि म आफै गरिदिउँला भन्दै
लगाएको छ मलाई ज्यालादारी नोकरीमा ।
तर हे बा आमा !
अचेल हाम्रो ठेकेदारप्रति पूर्वाग्रही सहरका अखबारहरू
फैलाउँदै छन् दिनदिनै नचाहिँदा नमिठा अफवाहहरू ।
कोही लेख्छन् -
सम्पन्न देशको विपन्न ठेकेदारले
आफूलाई रातारात मालिक, देशलाई हरितन्नम बनायो ।
कोही छाप्छन् -
विधिमाथि लडिबुडी गर्यो, भुँडी मात्र भर्यो
आफ्नो लागि थिति बिगार्यो , अरूको यत्रैसिति गरायो ।
हुन त मलाई
"ठेकेदार विरोधी यस्ता हल्लाहरूबाट कवै नहल्लिनु,
आँखा छोप्नु , कानमा बुजो कोच्नु र मुख थुन्नु

तर कतै नअलमलिई काममै तल्लीन हुनु" भनिएको छ ।
यद्यपि हृदयको विक्षिप्त वाष्प
मेरो मनमा बादल बनेर मडारिएकाले
यो बिष्फोट हुन्छ कि भन्ने ठूलो डर छ ।
कतै बाहिर परिरहेको झरीले
आँखाभित्र अडिएको झरीलाई
बाहिरै बोलाउला कि भन्ने ठूलो डर छ ।
यद्यपि हृदयको विक्षिप्त वाष्प
मेरो मनमा बादल बनेर मडारिएकाले
यो बिष्फोट हुन्छ कि भन्ने ठूलो डर छ ।
कतै बाहिर परिरहेको झरीले
आँखाभित्र अडिएको झरीलाई
बाहिरै बोलाउला कि भन्ने ठूलो डर छ ।
Tuesday, April 7, 2020
Subscribe to:
Posts (Atom)